चितवन विशेष

फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायी संघ चितवनको अध्यक्षमा क्षेत्री

Banner

चितवन,भदौं २८-

फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायी संघ चितवनको अध्यक्षमा लिला बहादुर क्षेत्री निर्वाचित हुनुभएको छ । संघको आज (सोमबार) सम्पन्न सातौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले क्षेत्रीको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद अधिकारी, प्रथम उपाध्यक्षमा रमणि गैह्रे, दित्तिय उपाध्यक्षमा रामलाल सुनार, तृतिय उपाध्यक्षमा गोविन्द प्रसाद शर्मा, महासचिवमा केशवराज पौडेल, सचिवमा रमेश बुर्लाकोटी र कोषाध्यक्षमा हरी कुमार राजभण्डारीलाई चयन गरेको छ ।

नेपाल फर्निचर उद्योग तथा फर्निसिङ्ग व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सुजिल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम निवर्तमान अध्यक्ष अरुणकुमार खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कंडेल,उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>