Breaking News

नारायणगढमा पल्सर बाइकलाई ट्रकले ठक्कर दियो,एक जनाको घटनास्थलमै मृत्यु

Banner

चितवन, भदौ २८–

चितवनमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२, नारायणगढस्थित गणेशहल अगाडि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा रत्ननगर नगरपालिका १० बस्ने ३१ बर्षिय यदुराज पौडेल रहेका छन ।

ना ८ ख ६२४९ नम्बरको ट्रकले ना ३९ प २०९३ नम्बरको पल्सर बाइकलाई आज (सोमबार) विहान १०ः३० बजेको समयमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>