Breaking News

बेपत्ता बनाई मुद्धाको फैसला, पाँच बर्षपछि पक्राऊ

Banner

चितवन, भदौ २२-

सामान्य त उजुरी पर्दा साथ पिडकलाई थाहा दिनुपर्ने हुन्छ । तर, रत्ननगर नगरपालिका वडा नम्बर ९ स्थित लालपर्साका कपिल बहादुर रावतलाई फैसला भएको पाँच बर्षपछि मात्रै मुद्धा परेको थाहा भएको छ । घरमा नै रहेका रावतलाई बैदेशिक रोजगार न्यायाधिकरण काठमाण्डौँले बेपत्ता रहेको बनाएर मुद्धा फैसला गरेको उनका आफ्न्तले आरोप लगाएका छन् ।

३६ बर्षिय रावतलाई २०७३ माघ ०९ गते वैदेशिक रोजगार कसुर सम्बन्धी मुद्धा परेको थियो । तर, वैदेशिक रोजगार न्यायाधिकरण काठमाण्डौँले रावतका नाममा आएको समाव्हान म्याद (पिडकलाई दिने सूचना) पिडक वा पिडकका घरपरिवारलाई थाहा नदिई बेपत्ता बनाएर मुद्धा फैसला गरेको हो । वैदेशिक रोजगार न्यायाधिकरणले २०७४ मंसिर १२ गते फैसला गर्दै रावतलाई दोषि ठहर गरेको छ ।

समाव्हान म्याद नदिई बेपत्ता बनाएर मुद्धा फैसला गरि पाँच बर्षपछि पिडकलाई प्रहरीले पक्राऊ गरेको छ । उनलाई २०७८ साउन ३० गते घरबाट नै प्रहरीले पक्राऊ गरेको हो । वैदेशिक रोजगार न्यायाधिकरणले ४ लाख जरिवाना र डेढ बर्ष कैदको सजाय तोकेको छ ।

रत्ननगर नगरपालिका ९ का तत्कालिन सचिव सूर्यप्रसाद ढुंगानाले घर परिवारमा बुझ्न नआई बेपत्ताको सिफारिस गरिदिएको उनका दाजु वकिलराज रावतले बताए । ‘हामी घरमा नै छौँ । मेयर उपमेयर वडा अध्यक्ष बोलाएर भाईको बिबाह नै गरेका थियौँ । हामी कसरी बेपत्ता भयौँ, उनका दाजुले भने, ‘हामी स्वयम उपस्थित भएर मुद्धा लड्ने थियौँ ।’

उनले आफुहरुलाई मुद्धा परेको समेत थाहा नभएको बताए । ‘हामीलाई उजुरी परेको थाहा नै छैन् । एक्कासी प्रहरीले मुद्धाको फैसला देखाई पक्राऊ गरि लग्यो,’ उनले भने, ‘जंगल फाडेर बसेका हामीलाई स्वयम वडा सचिवले समेत चिन्नुहुन्थ्यो ।’ उनले भाईकै पिरका कारण बुवाको समेत मृत्यु भएको दुखेसो गरे । बुवा पुर्वप्रधानपञ्च हुनुहुन्थ्यो । भाईलाई पक्राउ गरेपछि पिरले आज मृत्यु भएको छ, उनले भने ।

न्यायिक निकायले पिडकलाई उजुरी परेपछि समाव्हान म्याद जारी गर्नुपर्ने वैदेशिक रोजगार सम्वन्धि मुद्धा हेर्दै आएका अधिवक्ता सुर्यबहादुर बोहोराले बताए । ‘सम्भव भएसम्म पिडक, नभए एकाघरको जहान दुवै नभए घरको दैलोमा सात दिने सूचना टाँस गर्नुपर्छ । त्यसपछि बेपता तामेलीमा निजको गाउँ, वा वडा कार्यालयमा सूचना टाँस गर्नुपर्छ उनले भने, ‘एक्कासी कसैलाई बेपत्ता बनाएर तामेली गर्नु हुँदैन ।’ हचुवाको भरमा कर्मचारीले बेपत्ता बनाउँदा पिडित र पिडक दुवैले न्याय पाउन नसक्ने उनले बताए । ‘पिडकले सयममा उजुरी परेको थाहा पाए पिडितले पनि छिटो न्याय पाउँथ्यो ।’–उनले भने ।

यत्ता बेपत्ता तामेलीमा साक्षी बसेका वडा सचिव सुर्यप्रसाद ढुंगानाले प्रहरीले ल्याएको चिठिमा भरपाई विना नै सहि गरेको बताए । ‘प्रहरीले चिठी ल्याएर हस्ताक्षर गर्न भने । मैले नहेरी कन नै हस्ताक्षर गरेँ । पछि बेपत्ता तामेलिमा उनिहरुले राईट लगाएछन् । त्यो मलाई थाहा भएन । रावत साउन ३० गते जेल चलान भएका छन् । उनलाई आठ जना व्यक्तिले वैदेशिक रोजगारीमा ठगेको भन्दै वैदेशिक रोजगार न्यायाधिकरणमा २०७३ माघ ९ गते उजुरी हालेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>