Breaking News
‘तेजबहादुरलाई मात्रै मार्न खोजेको थिएँ, देख्नेजति सबैलाई सिध्याएँ’: आरोपी

काठमाडौं, भदौ २६-
संखुवासभाको मादी नगरपालिकास्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्या आरोपमा शनिबार बिहान प्रहरीले एक जना छिमेकी युकवलाई पक्राउ गरेको हो । पक्राउ परेका युवक मृतक तेजबहादुर नाताले भतिज पर्छन् ।
सोमबार धान गोड्ने तयारीमा रहेका तेजबहादुर खेताला लिन बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए । प्रहरी अनुसन्धानबाट उक्त समय जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका २६ वर्षीय लोकबहादुर कार्कीले बाटोमै उनको हत्या गरेको देखिएको छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको आरोपीको भनाइ छ । त्यस्तै कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ । यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने प्रहरी तयारी छ ।


























