Breaking News

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या आरोपमा भतिज पक्राउ

Banner

काठमाडौं, भदौ २६ –
संखुवासभाको मादी नगरपालिकास्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

हत्या आरोपमा शनिबार बिहान प्रहरीले एक जना छिमेकी युकवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका युवक मृतक तेजबहादुर नाताले भतिज पर्छन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपीको पहिचान खुलाएको छैन । तर, पक्राउ पर्ने मानसिक अवस्था कमजोर रहेका व्यक्ति भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति चिनजानकै भएका कारण कार्की परिवारका ५२ वर्षीय तेजबहादुर कार्कीको हत्यापछि परिवारका अन्य प्रत्यक्षदर्शीको पनि हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>