मनोरञ्जन
अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहेको’ म्यूजिक भिडियो सार्वजनिक
०

काठमाडौं, भदौ २५ –
गायिका अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहेको’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियो गायिका अरुणाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।
गीतमा कविता श्रेष्ठको स्वर, नरेन्द्रराज प्रसाईको शब्द र कुन्दनराज सुब्बाको संगीत छ । यमु शर्मा क्रिएशनको प्रस्तुति रहेको भिडियोमा शिल्पा पोखरेल र आयुश छेत्री (प्रिन्सेस)को अभिनय छ ।
भिडियोमा नवराज उप्रेतीको छायांकन, किरण गिरीको सम्पादन श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स, यमु शर्माको कथा र आयुष छेत्रीको निर्देशन छ ।
यमु क्रिएशनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा घरेलु हिंसामा नारीको मौनतालाई देखाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























