Breaking News
संसद बैठक शुरु हुनासाथ एमालेको अवरोध
०

काठमाडौं, भदौ २५-
प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले पार्टी फुटाउन पाइदैन भन्ने नारा लगाएका छन् ।
सभामुख सापकोटाले बिरोध गरिरहेका सांसदहरुले उठाएको विषयको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको बताए । उनले जनताका जल्दा बल्दा समस्या बाढी पहिरो, जनताका विभिन्न समस्याका बारेमा बोल्न खोजेको बताउँदै एमाले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएको भन्दै सदन सञ्चालन गर्न दिन आग्रह गरे । एमाले सांसदहरुले नारावाजी जारी राखेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























