Breaking News

एमसीसी उपाध्यक्ष फतिमाको पहिलो भेट एमाले अध्यक्ष ओलीसँग

Banner

काठमाडौं, भदौ २५ –

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले सबैभन्दा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेकी छन् ।

आज बिहीबार बिहान त्रिभुवन विमानस्थलमा ओर्लिएकी सुमारले दिउँसोदेखि भेटघाट थालेकी हुन् ।

उनले ओलीलाई भेट्न सुमार दिउँसो ओली निवास बालकोट पुगेकी हुन् । उनीसँगै एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि छन् ।

अध्यक्ष ओली र सुमारबीचको भेटमा नेकपा एमालेका नेताहरू बिष्णु रिमाल र राजन भट्टराई पनि सहभागी भएका छन् ।

यसअघि बुधबारमात्रै एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले एमसिसी पारित गर्ने जिम्मा आफूहरूको नभएको बताएका थिए ।

एमसिसीबारे विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला सुमार नेपालका राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्न काठमाडौं आइपुगेकी हुन्। उनले सत्तारूढ दलका नेताहरूलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग उनको भेट शुक्रबारका लागि तय भएको देउवाको सचिवालयले जनाएको छ ।

एमसिसीबारे पछिल्लो समय नेपालमा विरोध प्रर्दशन भइरहेकाले नेपाल भ्रमणमा आएका एमसिसी पदाधिकारीहरूको सुरक्षालाई ध्यानमा राखी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ भने मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>