चितवन विशेष

नदीजन्य पदार्थ ढुवानी गर्ने ट्रयाक्टर चितवन प्रहरीको नियन्त्रणमा

Banner

चितवन, भदौ २२

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपोसार गर्ने सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

भरतपुर– ११ जखेड़ी माईको सिमलढापबाट नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपोसार गर्ने ६ वटा ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार हिजो सोमबार बिहान ६ बजे उक्त ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको हो ।

अनुसन्धान तथा कारबाहीका लागि ट्रयाक्टरसहित चालकलाई जिल्ला समन्वय समितिमा लगिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>