Breaking News

एमसीसी खारेजी संघर्ष समितिको भरतपुर इकाइ गठन, नेपाललाई अफगानिस्तान बनाउन लागेको भनाइ

Banner

चितवन, भदौ २१ –

एमसीसी खारेजी संघर्ष समितिको भरतपुर महानगर कमिटी गठन गरिएको छ । आज भरतपुरमा आयोजित कार्यक्रमले भरतपुर महानगर इकाइ कमिटी गठन गरेको हो । बाबुराम घिमिरेको संयोजकत्वमा १२१ सदस्यीय समिति गठन गरिएको हो । कार्यसमितिमा १४ जना राखिएको छ ।

समितिको गठनपछि बोल्दै घिमिरेले एमसीसीको खारेज अपरिहार्य रहेको बताउँदै यसका लागि जनदबाब सिर्जना गर्न आफूहरुले भरतपुरका जनतालाई बुझाउने बताए । सरल भाषामा भन्दा विदेशीले आफूले दिएको सहयोग जबरजस्ती लिनैपर्छ भन्नु र सांसदबाटै पास गर्नुपर्छ भन्नु नै यो राष्ट्रघाती हो भनेर बुझ्नु पर्ने उनले बताए ।

लेखक तथा सर्जक सरिता तिवारीले एमसीसीमा दुई वटा अर्थ लाग्ने धेरै शब्दहरु रहेको बताइन् । दुई वटा अर्थ लाग्ने कुराहरु राखेर एमसीसीले सबैको आँखामा छारो हाल्न खोजेको उनले बताइन् । एमसीसीको विरुद्धमा सबै महिलाहरु एकजुट हुन उनले आह्वान गरेकी छिन् । एमसीसी संविधानभन्दा पनि माथि हुने गरी आउन लागेको बताउँदै उनले यस्तो हुनु भनेको महिलाका लागि अझ जोखिम रहेको बताइन् । एमसीसीले नेपालको कानुन नमान्ने र आफ्नै कानुन लागु हुने भनेकाले नेपाली चेलीबेटीहरु बलात्कृत भएको खण्डमा पनि नेपालको कानुनले कारबाही गर्न नसक्ने बताइन् । उनले एमसीसी राष्ट्रघाती भएकाले कुनै पनि संसोधनको बाहनामा पारित गर्न नहुने धारणा राखिन् ।

समिति गठन समारोहमा बोल्ने सबै वक्ताहरुले एमसीसीलाई संसोधन गरेर पनि पास गर्न नहुने बताए । अफगानिस्तानमा जस्तै अवस्था नेपालमा आउने बताउँदै उनीहरुले सबैलाई बेलैमा सचेत हुन आग्रह गरेका छन् । यस्तै केही वक्ताहरुले एमसीसी नेपालमा आएपछि अमेरिकाले चीन विरुद्ध लड्ने र नेपाललाई रणभूमि बनाउने धारणा राखेका थिए । पछि आफू खुसी व्याख्या गर्ने रणनितीसहित एमसीसीमा दुई तीन वटा अर्थ लाग्ने शब्दहरु रहको वत्ताहरुको भनाइ छ ।

एमसीसी खारेजी संघर्ष समिति चितवनका सचिव आजिव पौडेलले एमसीसीको विरोधमा आवाज नउठाउन आफूहरुलाई दबाब आइरहेको बताए । जति दबाब आए पनि आफूहरु एमसीसीको विरुद्धमा बोल्ने बताउँदै उनले सबै जनतालाई बेलैमा सचेत भएर आफूहरुको आन्दोलनमा साथ दिन आह्वान गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>