चितवन विशेष

रत्ननगर-१५ का वडा सदस्य एमालेमै रहने, एकिकृत समाजवादीको सनाखत फिर्ता

Banner

चितवन,भदौं २१-

चितवनको रत्ननगर नगरपालिका १५ का वडा सदस्य राम बहादुर लामा ‘अनिल’ ले एकिकृत समाजवादी पार्टीमा गरेको सनाखत फिर्ता लिएका छन । उनले आज जिल्ला निर्वाचन कार्यालय भरतपुरमा पुगेर सनाखत फिर्ता लिनका लागि निवेदन दिएका हुन । उनले भदौं १७ गते एकिकृत समाजवादीमा आफ्नो नाम सनाखत गरेका थिए ।

निवेदनमा लामाले अज्ञानताबस दल त्याग गरेको सनाखत गरेको भन्दै आफुलाई वडाबासीले सूर्य चिन्हमा मतदान गरेर विजयी गराएकाले आफु एमालेमै रहने जनाएका छन । यसअघि रत्ननगर नगरपालिकाका तीन वडा सदस्यले आफ्नो सनाखत फिर्ता लिएका थिए । नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलसहित कार्यालय पुगेको उनले अन्य जनप्रतिनिधिलाई पनि फुटको पछाडि नलाग्न आब्हान गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>