Breaking News
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या
०

काठमाडौं, भदौ २१ –
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।
मादी नगरपालिका–१ उम्लिङका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए ।
‘६ जनाको हत्या भएको बिहान गाउँलेले देखे । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदैछु ।’
इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले घटनास्थलमा प्रहरी जाँदै गरेको बताए । घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























