चितवन विशेष
नारायणी पुलबाट हाम फाल्दा एक युवक बेपत्ता
०
चितवन,भदौं २०-
नारायणी नदी पुलबाट हाम फालेर रुपन्देही देवदहका एक युवक बेपत्ता भएका छन् । आज (आइतबार) दिउँसो करिब १२ बजे नारायणी पुलबाट हाम फाल्दा रुपन्देही जिल्ला देवदह नगरपालिका–१० का २४ वर्षीय विक्रम खत्री बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीले बताए ।
युवक हाम फालेको स्थानमा फेला परेको झोलाबाट युवकको परिचय खुलेको उनले बताए । घटनालगत्तै उनको खोजी कार्य जारी रहेको भए पनि फेला नपरेको गिरीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























