Breaking News

चितवनबाट महेश बस्नेतलाई वाईसीएल इन्चार्जको चेतावनीः आउँदो निर्वाचन जितेर देखाउ

Banner

चितवन,भदौं १९-

वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले महेश बस्नेतलाई आउँदो निर्वाचन जितेर देखाउन चेतावनी दिएका छन् । वाईसीएल र अखिल (क्रान्तिकारी)को संयुक्त भेलालाई चितवनको इच्छाकामनामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले उक्त भनाइ राखेका हुन् ।

वाईसीएल मूलतः हिजो जनयुद्धमा बन्दुक बोकेर जनयुद्धमा होमिएका युवाहरूको शान्ति प्रक्रियापछिको दस्ता रहेकोमा परिवर्तित सन्दर्भमा आजको पछिल्लो प्रविधि प्रयोग गर्ने अत्याधुनिक युवाहरूमा पनि अब्बल दस्ता निर्माण गरिने सापकोटाको भनाइ थियो । वाईसीएल सहरका युवाहरूमाझ सबैभन्दा लोकप्रिय र पुनः मुलुकको पहिलो सङ्गठन बनाइने दाबी गर्दै उनले महेश बस्नेतहरूलाई चुरीफुरी धेरै नगर्न र हिम्मत भए आगामी निर्वाचन जितेर देखाउन चेतावनी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>