Breaking News

भदौ २३ मा संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

Banner

काठमाडौँ, भदौ १९ –

सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्ले भदौ २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउनेबारे सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने प्रचलन छ।  यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि प्रधानमन्त्री देउवाले छलफल गरेका थिए । उनीहरूसँग छलफलपछि बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो ।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन ३२ गते संसदको दुबै अधिवेशन अन्त्य गरेकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>