Breaking News

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ३० प्रतिशत डाक्टर भए फेल

Banner

काठमाडौँ, भदौ १९-

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ३० प्रतिशट डाक्टर फेल भएका छन्।

स्नातकोत्तर तह (एमडी) पास गरेर प्रमाण-पत्रका लागि काउन्सिलले एमडी डाक्टरहरूको परीक्षा लिएको थियो। पुल्चोक इञ्जिनियरिङ कलेजमा लिइएको उक्त परीक्षामा ४७८ जना सहभागी थिए। जसमध्ये ३० प्रतिशत डाक्टर फेल भएका हुन्।

परीक्षामा सहभागीमध्ये ३३९ जना पास भएको काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले बताए । त्यस्तै उनको अनुसार १३० जना परीक्षामा फेल भएका छन्।

त्यस्तै लाइसेन्सका लागि आवेदन दिएका ९ जनाको आवश्यक कागजात नपुगेकाले उनीहरूको परीक्षा स्थगित भएको  उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>