Breaking News

चितवनमा अनुमतिबिना सभा सम्मेलन गर्न नपाइने, पार्टी प्यालेस भने खुले

Banner

चितवन, भदौ १९ – 

चितवनमा केही क्षेत्रमा जारी रहेको निषेधाज्ञालाई थप खुकुलो पार्दै १० दिन थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज शनिबार एक सूचना जारी गर्दै सो सम्बन्धी जानकारी दिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार निषेधाज्ञालाई खुकुलो बनाउँदै भदौ २१ गतेदेखि चितवनमा पार्टी प्यालेस सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । तर कुल क्षमताको ५० प्रतिशत नकट्ने गरी मानिसहरु राख्नुपर्ने छ । यस्तै २१ गतदेखि कानुनअनुसार गर्ने पर्ने सभा, सम्मेलन प्रशाससँग अनुमति लिएर गर्न पाउने निर्णय प्रशासनले गरेको छ ।

यस्तै होटल तथा रेष्टुरेण्टहरु रातिको ९ बजेसम्म खोल्न पाइने छ ।

संक्रमण घटबढ भएमा जुनसुकै बेलामा पनि निषेधाज्ञा थपघट गर्न सकिने बताउँदै प्रशासनले सबैलाई सचेत भएर सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>