मनोरञ्जन
काठमाडौंका विद्यार्थीले बनाएको ‘जुनको’ संसारकै उत्कृष्ट २२ सर्ट फिल्मको सूचीमा

काठमाडौँ, भदौ १७ –
काठमाडौं विद्यार्थीहरुले निर्माण गरेको सर्ट फिल्म ‘जुनको’ संसारकै उत्कृष्ट २२ सर्ट फिल्मको सूचीमा परेको छ ।
एभरेष्ट फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीले ‘जुनको’ सर्ट फिल्म निर्माण गरेका छन् । ४४ औं ड्रामा इन्टरनेशनल सर्ट फिल्म फेस्टिभलको उत्कृष्ट २२ चलचित्रमा ‘जुनको’ पनि परेको हो । उक्त फेस्टिभलका लागि संसारभरका सयौं चलचित्रकर्मीले आफ्ना सर्ट फिल्मलाई प्रतिस्पर्धामा सहभागी गराएका थिए ।
राजेन्द्र मोक्तानको कलर र पासाङ देवा सेर्पाको सम्पादन रहेको उक्त ‘जुनको’ फिल्म फेस्टिभलमा छनोट भएपछि चलचित्रका निर्देशक तथा लेखक मिन्सो लिम्बुले खुसी ब्यक्त गरेका छन् ।
त्यस्तै एकेडेमीका अध्यक्ष सुनिल थापा भन्छन, ‘यो हाम्रा लागि मात्र नभएर समग्र नेपालीको पनि खुसी हो।’
गरिमा सिंह पेला, सरिता गिरी र सुवासलको अभिनय रहेको उक्त चलचित्रलाई नीरज भुसालले खिचेका हुन् भने राकेश शाह सहायक क्यामेराम्यान् रहेका छन् । त्यस्तै उक्त चलचित्रलाई राजेन्द्र मोक्तानले कलर तथा पासाङ देवा सेर्पाले सम्पादन गरेका छन् ।
उक्त फेस्टिभल आगामी सेप्टेम्बर १२÷१८ सम्म ग्रिसमा आयोजना हुँदै छ । त्यस्तै उक्त सर्ट फिल्म ‘जुनको’लाई राम्रो इन्टरटेनमेन्ट प्राईभेट लिमिटेडले प्रशाण गर्दै छ ।

























