Breaking News

दुई वर्षदेखि जेलमा रहेका चितवनको कालीबहादुर गणका निर्दोष सैनिकले पाए न्याय

Banner

चितवन,भदौं १८-

ब्यारेकबाट सर्ट मेसिन गन (एसएमजी) चोरीको आरोप लगाएर साढे दुई वर्षदेखि जेलमा राखिएका दुई नेपाली सेनालाई अन्ततः न्याय मिलेको छ। सैनिक विशेष अदालतबाट सैनिकद्वय लबकुमार गुरुङ र सरोज तामाङ एसएमजी चोरी प्रकरणमा निर्दोष ठहर भएका हुन्।

पछिल्ला दिनमा निर्दोष सैनिकद्वयलाई जेलमा राखिएको विषय सतहमा आएपछि सैनिक अदालतले उनीहरुको पुनरावेदनलाई अग्राधिकारमा राखेर पेसी तोकेको थियो। सैनिक स्रोतका अनुसार बिहीबार भएको बहसपछि सैनिकद्वयलाई सफाई दिइएको छ।

‘उनीहरुले सफाइ पाइसकेका छन्, एक उच्च सैनिक अधिकृतले भने, ‘बाँकी फैसला बाहिर आएपछि थाहा हुने नै छ। सेनाको गणबाट हराएको भनिएको हतियार चितवनमा एक सैनिकको हत्यामा सैनिककै जवान गंगाधर ढकालले प्रयोग गरेको स्वीकारेपछि विषयले अर्को मोड लिएको थियो।

गुरुङ र तामाङ निर्दोष सावित भए पनि उनीहरुलाई जेलसम्म पुर्‍याउने दोषीहरूबारे फैसलाको पूर्ण विवरण आइसकेपछि थाहा लाग्नेछ। फैसला शुक्रबार सार्वजनिक हुने सेनाले जनाएको छ। चितवनस्थित कालीबहादुर गणबाट एसएमजी हतियार चोरीको आरोपमा साढे दुई वर्षदेखि जेलमा राखिएका दुई सैनिकले पुनरावेदन गरेको मुद्दामा बहसपछि उक्त आदेश भएको हो। २०७६ वैशाख ६ गते तत्कालीन सैनिक अदालत अध्यक्ष सहायक रथी सहदेव खड्काको फैसलाले गुरूङलाई १० वर्ष र तामाङलाई ७ वर्षको जेल सजाय सुनाएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>