चितवन विशेष
रत्ननगर नगरपालिकाका तीन वडाध्यक्षले छाडे एमाले, रोजे एकीकृत समाजवादी
०

चितवन,भदौं १७-
रत्ननगर नगरपालिकाका ३ जना वडाध्यक्षले नेकपा एमाले छाडेका छन् । जिल्ला निर्वाचन कार्यालय भरतपुरमा आज (विहीवार) नेकपा एकीकृत समाजबादीमा सनाखन गरेसंगै उनीहरुले औपचारिक रुपमा एमाले छाडेका हुन । वडा नं ९ का वडाध्यक्ष रोशन आचार्य,वडा नं १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठ,वडा नं १५ का वडाध्यक्ष हुमनाथ लामिछानेले समाजवादीमा सनाखत गरेका हुन । उनिहरुसंगै केही कार्यपालिका सदस्य र वडा सदस्यहरुले पनि एकीकृत समाजवादीमा सनाखत गरेका छन ।
स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट मेयर,उपमेयर सहित ५५ जना निर्वाचित भएका थिए । जनामध्ये १४ जनाले एमाले परित्याग गरी समाजबादीमा सनाखत गरेको स्रोतले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























