चितवन विशेष

चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत विद्यार्थी २ सातादेखि वेपत्ता

Banner

चितवन,भदौं १६-

चितवन मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत प्रवीन बस्नेत झन्डै दुई सातादेखि बेपत्ता छन् । बस्नेत भदौ २ गते बुधवार अपराह्न ४ बजेतिर साथीहरुसँग चिया खाएर आउँछु भनेर डेराबाट हिँडेको थिए । सुर्खेत स्थायी घर भएका बस्नेत हालसम्म पनि सम्पर्कमा नआएको बस्नेतका भिनाजु टेकराज थापाले बताए ।

भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा बेपत्ताको खोजीका लागि दाइ प्रभात बस्नेतले निवेदन दिएका थिए । उनी चढ्ने मोटरसाइकल भने देवघाट पुल नजिकै पार्किङमा भेटिएको छ । सोही दिन देवघाटको पुलबाट एक युवाले हाम फालेको स्थानियले देखेर प्रहरी खबर गरेका थिए । सोही स्थानमा बाइक फेला परेका कारण उनै युवा हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

उनका दाइ प्रभातले हराएका आफ्ना भाइको खोजी कार्यका लागि सबैसँग अनुरोध गरेका छन् । उनले गहुँगोरो वर्णको ६ फिट अग्ला पावरवाला चस्मा र सेतो टिसर्ट र जिन्स पेन्ट लगाएका बस्नेतलाई देखेमा ९८५८०५३७७३ र ९८५८०५१६७७ मा सम्पर्क गरी या नजिकैको प्रहरी कार्यालय खबर गरिदिन हुन अनुरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>