चितवन विशेष

इनर ह्वील क्ल्ब अफ भरतपुर सिटी गठन

Banner

चितवन,भदौं १५-

महिलाहरु आवद्ध सामाजिक संस्था इनरह्वील क्लब भरतपुरले नयाँ क्लब इनर ह्वील क्ल्ब अफ भरतपुर सिटी गठन गरेको छ । इनरह्वील भरतपुरकी अध्यक्ष विमला अर्याल अधिकारीको अध्यक्षता र क्लबको डिष्ट्रिक भाइस चेयरपर्सन मनकुमारी सेनको प्रमुख आतिथ्यमा भएको भेलाले नयाँ क्लब गठन गरेको हो ।

नयाँ क्लबको अध्यक्षमा शोभ गौतम खड्का, उपाध्यक्षमा सीता श्रेष्ठ, सचिवमा नितु मानन्धर राजभण्डारी, कोषाध्यक्षमा मिना गुरुङ तथा एडिटरमा अस्मिता रिजाल तिमिल्सिना र आईएसओमा संगिता थापा गुरुङ रहेका छन् । कार्यसमिति २१ जनाको छ । कार्यक्रम बिना श्रेष्ठको संयोजकत्वमा भएको थियो । इनरह्वील क्लब अन्तराष्ट्रिय क्लब हो । १०४ देशमा यो क्लब छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>