चितवन विशेष

चितवनमा कार्यालय र कर्मचारी राखेर चन्दा उठाउने दुई जना पक्राउ

Banner

चितवन,भदौं १५-

चितवनमा कार्यालय र कर्मचारी राखेर चन्दा संकलन गर्ने दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय चितवनले बाँके नेपालगन्ज वडा नम्वर ३ घर भई चितवनमा बस्दै आएका ५१ बर्षिय संकुचन लामा र मकवानपुर मनहरी गाँउपालिका वडा नम्वर ३ विजौला बस्ने २४ बर्षिय पासाङ नोर्बु लामालाई पक्राउ गरेको हो । उनिहरुले विभिन्न व्यक्तिलाई सहयोग गर्ने बाहानामा कार्यालय र कर्मचारी समेत राखेर मासिक रकम उठाउने गरेको प्रहरीले जनाएको छ ।

अबैध रुपमा गैरकानुनी तवरले चन्दा संकलन गरेको भन्ने बिशेष सूचनाका आधारमा उनिरुहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो । उनिहरुलाई अबैध चन्दा संकलन गरेको कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>