Breaking News
बागमती प्रदेशमा एमालेका १२ सांसदले रोजे एकीकृत समाजवादी
०

काठमाडौं,भदौं १५–
बागमती प्रदेशमा नेकपा एमालेका १२ जना प्रदेश सभा सदस्य (सांसद)ले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। निर्वाचन आयोगले दल दर्ताको आधिकारिकता दिएपछि मंगलबारदेखि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न दिएको थियो।
मंगलबार एमालेका १२ सांसदले हेटौंडास्थित निर्वाचन आयोगको कार्यलयमा पुगेर नेकपा एकीकृत समाजवादी रोज्ने बताएका हुन्। एमाले सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्णप्रसाद शर्माले एकीकृत समाजवादी रोजेका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























