Breaking News
चार दिनमा बाढी पहिरोले १२ जनाको मृत्यु
०

काठमाडौं,भदौं १४-
बाढी पहिरोका कारण पछिल्ला चार दिनमा १२ जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार करिब ५ हजार घर डुबानमा परेका छन् । ९० हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् ।
केही दिनदेखिको वर्षाले रुपन्देही, नवलपरासी, कपिलवस्तु, कैलाली, बाँके, दाङ, काभ्रे, सुर्खेत, पाल्पा, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, उदयपुर, सिरहा, सर्लाही, रौतहट, धनुषा, झापा लगायतका जिल्लामा बढी असर गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























