Breaking News

नारायणी नदीले सतर्कता तह नाघ्यो,सचेत रहन चितवन प्रशासनको आग्रह

Banner

चितवन,भदौं १३-

नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा दिउसो ३ बजे जलसतह सतर्कता तह पार गरेको हो ।

पानीको सतह ७.३ मिटर सतर्कता तह मानिन्छ । नारायणीमा पानीको बहाब ७.३४ मिटर पुगेको छ । नदीमा पानीको बहाव बढिरहेकाले खतराको तह आसपास पुग्न सक्ने भन्दै सतर्क रहन चितवन प्रशानसले अपील गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लाका सबै सुरक्षा निकायलाई हाइअलटमा बस्न निर्देशन गरिएको नारायणी अनलाइनलाई जानकारी दिनुभयो । आजै जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको उहाँले बताउनुभयो ।

चितवन र नवलपरासीको तटीय क्षेत्रका वासिन्दाले दिउँसोसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>