Breaking News

मिर्गौला प्रत्यारोपण गरेर साढे दुई महिनापछि स्वदेश फर्कंदै झलनाथ खनाल

Banner

काठमाडौं, भदौ १३
उपचारका लागि भारतको नयाँदिल्ली रहेका पूर्वप्रधानमन्त्री एवं नवगठित नेकपा (एकीकृत समाजवादी)का बरिष्ठ नेता झलनाथ खनाल भोलि सोमबार स्वदेश फर्किने भएका छन् ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ ।

साढे दुई महिना अघि गत असार २ गते खनाल नयाँदिल्ली गएका थिए । त्यहाँ उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । सुरुमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको थियो ।

पछिल्लो समय एमाले विभाजन हुँदा खनालले नयाँदिल्लीबाटै माधव नेपाल नेतृत्वको नेकपा .(एकीकृत समाजवादी)को पक्ष रहेको बताउँदै राजदूतावासमार्फत पत्र पठाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>