Breaking News

चितवनमा अरुको नामबाट डिप्लोमाको परीक्षा दिने दुई नक्कली परीक्षार्थी पक्राउ

Banner

– पुजा ढकाल

चितवन, भदौ १२ –
चितवनमा अरुको नामबाट परीक्षा दिने दुई नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

नारायणी बहुप्राविधिक शिक्षालय, भरतपुर– १० मा डिप्लोमा तहको प्रथम परीक्षा अरुको नामबाट दिने दुई नक्कली परीक्षार्थीलाई बिहीबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय दीपकुमार राय रहेका छन् । पक्राउ पर्ने अर्का व्यक्ति नाबालक (१८ वर्षभन्दा कम उमेरको) भएकाले उसको नामथर गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जनाए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको भदौ महिनामा सञ्चालित डिप्लोमा तहको प्रथम खण्डको सेमेष्‍टर प्रणालीको परीक्षामा उनीहरुले अर्कैको नामबाट परीक्षा दिएका हुन् । डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रमको केमेष्ट्री विषयको परीक्षा दिँदै गरहेको अवस्थामा परीक्षा केन्द्रका कर्मचारीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए ।

नियन्त्रणमा लिएर कर्मचारीले जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएका थिए । चितवनका प्रहरी प्रवक्ता थापाले अदालतबाट म्याद थप गरी उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>