चितवन विशेष
चितवनको एटुजेड मोबाइल हाउसमा चोरी
०

रत्ननगर, भदौ १२
चितवनको एटुजेड मोबाइल हाउसमा चोरी भएको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका अनुसार पूर्वी चितवनको टाँडीचोकमा रहेको एटुजेड मोबाइल हाउसमा शुक्रबार राति चोरी भएको हो । एटुजेड हाउसले प्रहरीलाई टिपाएको रिपोर्टमा विभिन्न कम्पनीका ३२ थान मोबाइल र केही थान घडी चोरी भएको छ ।
प्रहरीका अनुसार रडको प्रयोग गरी सटरको लक तोडेको पाइएको छ ।
सिसी क्यामेरामा कैद भएको दृश्यमा दुई जनाले मोबाइल चोरेको देखिएको छ । चोरी गर्नेहरुको खोजी कार्यका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























