Breaking News

चुनावमा सबै पार्टी मिल्दा पनि एमालेसँग नचिताए हुन्छः अध्यक्ष ओली

Banner

काठमाडौं,भदौं १२-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु सबै पार्टी मिलेर पनि एमालेसँग लड्न नसक्ने बताएका छन् । हालै भएको पार्टी विभाजनबाट उनले रुखबाट पात खसेको संज्ञासमेत दिए ।

युवासंघको भेलालाई सम्वोधन गर्दै ओलीले भने, ‘एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा छ । कसैले नचिताए हुन्छ ।’ १० वटा पार्टी मिल्दा पनि जम्माजम्मी १२० जना पुग्ने ओलीले दावी गरे ।

‘एक–एक दर्जन मान्छे भएका दश पार्टी मिल्दा कति हुन्छ ? १० दर्जन नै त भए होला नि होइन ? १२० जनाको मोर्चाले कसरी हामीसँग लड्ने ? अरु सबै जोड्न पनि एमालेको कम्मर कम्मर मात्रै आउने हुन् ।’उनले अबको चुनावमा प्रतिस्पर्धीहरु हुने तर प्रतिस्पर्धा नहुने भविष्यवाणी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>