समाज

चोरी भएका २४ मोटरसाइकल ट्राफिकले सम्बन्धित धनीलाई जिम्मा लगाइयो

Banner

काठमाडौं,भदौं ११-

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

शुक्रबार कार्यक्रमको आयोजना गरी महाशाखाले हस्तान्तरण गरेका २४ मध्ये २० वटा मोटरसाइकल र ४ वटा स्कुटर रहेका छन्। महाशाखाले उपत्यकाका पशुपति, नागर्जुन नगरपालिका पुतलीसडक, ठमेल, बालाजु, कपन, थली, सानेपा, महाराजगंज, एकान्तकुना, राधेराधे, सामाखुसी, चावहिल, बानेश्वर, टोखा, पाटन अस्पताल, शेषमती, गोल्ढुङ्गा, सेतोपुल, बिजुलीबजार, भृकुटीमण्डप र बूढानीलकण्ठलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित सवारी धनीलाई मोटरसाइकल हस्तान्त्रण गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>