Breaking News
चितवनमा बहुउदेश्यी सहकारी बजार भवनको शिलान्यास

चितवन, भदौ ११
चितवनमा बहुउदेश्यी सहकारी बजार भवनको शिलान्यास गरिएको छ ।
आज शुक्रबार जिल्ला सहकारी संघ लिमिटेडका पूर्व अध्यक्ष नारायण प्रसाद कोइराला, निर्वतमान अध्यक्ष टिकाराम भट्टराई र अहिलेका अध्यक्ष हरिप्रसाद पौडेलले भवनको संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
अध्यक्ष पौडेलका अनुसार जिल्ला सहकारी संघ लिमिटेड चितवन र नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरी निवारण मन्त्रालय अन्तर्गतको सहकारी बजार विकास कार्यक्रमबीच भएको सम्झौता अनुरुप बहुउदेश्यी सहकारी बजार भवन निर्माण ३०÷७० प्रतिशतको लागत सहभागिता तथा साझेदारीमा सम्पन्न गर्ने सम्झौता भएको थियो ।
३ करोड ७१ लाख ७० हजार २४८ रुपैयँमा भवन निर्माण सम्पन्न गर्ने गरी प्याराडाईज–आवरण जे.भि. कम्पनिसँग ठेक्का सम्झौता भएको छ ।
शिलान्यास कार्यक्रममा बरिष्ठ उपाध्यक्ष भक्तिराम अधिकारी, उपाध्यक्ष प्रेमनाथ दुवाडी, सचिव तुलसी प्रसाद घिमिरे, कोषाध्यक्ष सरद कुमार बर्तौला, सह सचिव रामेश्वर पौडेल, पण्डित बासुदेब पौडेल, लगायत संघका पदाधिकारी, लेखा समिति, सल्लाहाकार, सहकारी संजालका पदाधिकारी, सम्पत्ति संरक्षण उपसमितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।



























