मकवानपुर

मकवानपुरमा ट्रक खोलामा खस्यो, एकको मृत्यु, २ घाइते

Banner

मकवानपुर भदौ ११-

मालबाहक ट्रक अनियन्त्रित भइ खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । फलाम बोकेर हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको माल वाहक ट्रक अनियन्त्रित भइ त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ सानुटारको राप्ती खोलामा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको मालवाहक आईचर ट्रक आफै अनियन्त्रित भई राप्ती खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उक्त दुर्घटनामा ट्रकमा सवार अन्दाजी ३० वर्षको एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>