Breaking News

भरतपुर महानगरले कमिशनको खेलमा मेट्रो प्लाजा बनाउन लागेको भन्दै यसलाई तत्काल रोक्न विप्लव नेकपाको चेतावनी

Banner

चितवन, भदौ १०
भरतपुर महानगरपालिका वडा नम्बर– ३ लायन्सचोकमा निजी क्षेत्रले बनाउन लागेको भरतपुर मेट्रो प्लाजा निर्माणको काम अगाडि नबढाउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चेतावनी दिएको छ ।

जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै साना तथा मझौला व्यावसायीहरुलाई नकारात्मक असर पु¥याउने गरी कमिशनको खेलमा कर्पाेरेट पुँजीलाई राज्यको सम्पति सुम्पिने काम भरतपुर महानगरबाट भएको भन्दै यो कार्यलाई तुरुन्त रोक्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘लायन्सचोकको पुरानो तरकारी बजारमा बहुउद्देश्यीय भवन निर्माण गरी सञ्चालन गर्न ३० वर्षका लागि लिजमा सम्झौता गरी राज्यको स्वामित्वमा रहेको ११ कठ्ठा जमिनमा भवन शिलान्यास गरिएको घटनाप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।’

‘महानगरपालिका आफैले निर्माण नगरी नाटकीय प्रतिस्पर्धाका नामामा निजी कम्पनी आर्या विल्डर्स इन्जिनियरिङ प्रालिलाई दिने कार्य भएकोमा हाम्रो पार्टी घोर आपत्ती प्रकट गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

निर्माण कार्य तत्काल रोकी जनसरोकारवालाहरुसँग छलफल गरी नया प्रक्रिया अगाडि बढाउन पार्टीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

भवन निर्माणको शिलान्यास नेकपा माओवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गरेका थिए । शिलान्यास कार्यक्रममा नेकपा एमाले चितवनले पनि सहभागिता जनाएको थिएन ।

सम्बन्धित समाचार :

२ अरबको लगानीमा १४ तले ‘भरतपुर मेट्रो प्लाजा’ बन्दै, प्रचण्डले गरे शिलान्यास

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>