Breaking News
जिल्ला प्रशासन चितवनमा स्थानीय तहअनुसार बार छुट्टाएर सेवा दिइने, कुन तहलाई कुन बार ? (तालिकासहित)
०

– चितवन, भदौ १०
जिल्ला प्रशासन कार्यालय चितवनले स्थानीय तहअनुसार बार छुट्टाएर सेवा प्रवाह गर्ने भएको छ ।
प्रशासनले आज बिहीबार एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न स्थानीय तह छुट्टाएर हप्तामा एक पटक सेवा दिन लागेको जनएको छ ।
जसअनुसार आइतबार भतरपुर महानगरपालिकाको वडा नम्बर १ देखि १४ सम्मका नागरिकलाई जिल्ला प्रशासन कार्यालयमा सेवा दिइने छ । यस्तै सोमबार भरतपुर १५ देखि २९ सम्मका नागरिक, मंगलबार रत्ननगर नगरपालिका, बुधबार खैरहनी नगरपालिका, बिहीबार कालिका नगरपालिका शुक्रबार राप्ती नगरपालिकाका नागरिकलाई सेवा दिइने प्रशासनले जनाएको छ । इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका नागरिकलाई भने कार्यालय खुल्ने सबै दिन सेवा प्रवाह गरिने प्रशासनको सूचनामो उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























