Breaking News

नेपालमा रेल र पानीजहाजका योजना आवश्यक छैनः अध्यक्ष नेपाल

Banner

काठमाडौं,भदौं १०-

नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा रेल र पानी जहाजजस्ता हावादारी योजना आवश्यक नभएको बताएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वास्तविकताका आधारमा योजना निर्माण गर्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताए।

‘हामी पूर्वाधार विकासमा विशेष जोड दिन्छौं। त्यसो गर्दा हामी हावादारी योजनाहरु अगाडी सार्ने छैनौं, अहिले त्यो पानी जहाज कम्पनी खोल्नुपर्ने कुनै आवश्यकता छैन,अध्यक्ष नेपालले थपे, ‘अहिले हाम्रो देशमा मेचीदेखि महाकालीसम्म रेल कुदाउनुपर्ने आवश्यकता छैन। रेल एक ठाउँमा हामीले खोलेका छौं। त्यसैलाई व्यवस्थित र राम्रोसँग संचालन गर्ने कुरामा हाम्रो विशेष जोड रहनेछ। त्यसो हुनाले ठिक्क वस्तुवादी ढंगले अर्थतन्त्रले धान्ने गरी पूर्वाधार र सडक सञ्जाललाई विशेष जोड दिन्छौं।’

हवाइ यातायात विस्तार गर्दा पनि गाउँगाउँमा र वडा–वडामा एयरपोर्ट खोल्ने बेठीक तरिकालाई नियन्त्रण गरिने नेपालको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>