Breaking News
तीन बजे मन्त्रिपरिषद बैठक बस्दै : प्रदेश प्रमुख फेरिन सक्ने
०

काठमाडौं, भदौ १० – आज दिउसो तीन बजे प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक आफ्नै निवास बालुवाटारमा बोलाएका छन् । बैठकमा केही महत्वपूर्ण राजनीतिक नियुक्तिको निर्णय गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।
उक्त बैठकमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्ने सम्भावना रहेको स्रोत ले जानकारी दियो । त्यस्तै केही राजदूतहरुका बारेमा समेत छलफल र निर्णय हुनसक्ने बताइएको छ । यसअघि देउवा सरकारले वागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरिसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























