Breaking News

मूल घरमा फर्किनुस्, पूर्वाग्रह राख्दिनँः ओली

Banner

काठमाडौं, भदौ ९-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका वरिष्ठ नेता माधवकुमार नेपाललाई मूल घरमा फर्किन आग्रह गरेका छन्। नेपालसहितका नेताहरू नेकपा एकीकृत समाजवादी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका बेला च्यासलमा पत्रकार सम्मेलन गर्दै ओलीले उनीहरूलाई मूल घरमा फर्किन भनेका हुन्।

पत्रकार सम्मेलनमा ओलीले जारी गरेको प्रेस वक्तव्य एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सुनाएका थिए। वक्तव्यमा विभाजनको बाटो हानिकारक भएकाले त्यो बाटो नअपनाउन भनिएको छ। ‘तपाईंहरू मूल घरमा फर्किनुस्। यसअघिका कामको आधारमा म कुनै पूर्वाग्रह राख्दिनँ,’ वक्तव्यमा भनिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>