Breaking News
कुलमान घिसिङको नियुक्तिसम्बन्धी निर्णयको सक्कल फाइल झिकाउन अदालतको आदेश
०

काठमाडौं, भदौ ८
सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिसम्बन्धी निर्णय झिकाउन आदेश दिएको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको इजलासले कुलमानलाई कार्यकारी निर्देशकमा गरिएको नियुक्ति साथै हितेन्द्रलाई ऊर्जा आयोगको विज्ञमा नियुक्ति गर्ने मन्त्रिपरिषदको निर्णय लगायतका निर्णयको सक्कल फाइल मगाएको हो ।
यी सबै निर्णयको सक्कल फाइल ३ दिनभित्र पेश गर्न सर्वोच्चले आदेश दिएको हो ।
सरकारले हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा लैजाने गरी घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गरेको थियो । तर सरकारको उक्त निर्णयविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























