Breaking News
गाँजा बोकेर कतार जान लागेका चितवनका युवा पक्राउ
०
चितवन, भदौ ८ –
लागूऔषध गाँजा बोकेर कतार जान लागेको अभियोगमा चितवनका एक युवा पक्राउ परेका छन् ।
चितवनको खैरहनी–१० घर भएका २९ वर्षीय बुद्धिराज पाठक त्रिभुवन विमानस्थलबाट आज मंगलबार पक्राउ परेका हुन् ।
विमानस्थल प्रहरीका अनुसार स्क्रिनिङका क्रममा पाठकले लगेजमा आयुर्वेदिक औषधिका बट्टाभित्र ८ सय ग्राम गाँजा राखिएको भेटिएको थियो ।
लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्र प्रसाईंका अनुसार कतार एयरवेजको उडानमार्फत दोहा जान लागेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























