Breaking News

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा तत्काल गराउन निर्देशन

Banner

काठमाडौं, भदौ ८ – 

संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा तत्काल लिन निर्देशन दिएको छ ।

मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् ।

घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा तत्काल गराउन निर्देशन दिएकी हुन् । बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् ।

कोरोना संक्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>