Breaking News

कुलमान घिसिङ विरुद्धको रिट प्रधानन्यायाधीशले हेर्ने, के आउला आदेश ?

Banner

काठमाडौं, भदौ ८
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको विरुद्धमा परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाई गर्ने भएका छन् ।

रिट उपर आज सुनुवाई हुँदै छ । कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाँउ’ भन्दै निवर्तमान निर्देशक हितेन्द्रदेव शाक्यले साउन ३२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाँउ’ भन्ने माग गरेका छन् ।

शाक्यले मन्त्रिपरिषद्को कार्यालय र प्राधिकरणमा नवनियुक्त कार्यकारी निर्देशक घिसिङ लगायतलाई विपक्षी बनाएका छन् ।

रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारीक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधानसम्मत अधिकार हनन भएको’ दाबी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>