Breaking News
कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको धर्ना
०

काठमाडौं, भदौ ८
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु धर्नामा बसेका छन् ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता पौडेल पक्षका जिल्ला सभापतिहरु आन्दोलित भएका हुन् ।
सूची सार्वजनिक गर्न भदौ ७ गतेसम्मको समयसीमा दिएका उनीहरुले माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।
नेपाली कांग्रेसको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले आफूहरुले आजदेखि सांकेतिक रुपमा एक घण्टामात्रै धर्ना दिने बताए । माग सम्बोधन नभए धर्ना जारी रहने बताए । क्रियाशील सदस्यता पारदर्शी नभएकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























