Breaking News
कांग्रेस क्रियाशील सदस्यता विवाद सहमतिमै टुंगियो,देउवा र पौडेलले प्रतिवेदन बुझे
०

काठमाडौं,भदौं ७-
लामो समयदेखि जारी नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगिएको छ। क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन बाँकी विवादबारे पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार बुझेका छन्।
देउवा निवास बूढानीलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डा.मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गरेका हुन्। प्रतिवेदन बुझ्दै सभापति देउवाले अब सहमतिमा तलमाथि नगरी महाधिवेशन प्रक्रिया अगाडि बढाउने बताए।
उनले महाधिवेशन सम्पन्न गर्न सबैको सहयोग अपेक्षा गरेको बताए। छानबिन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























