Breaking News

चितवनमा गैंडा मारेर ५५ लाखमा खाग बिक्री गर्ने गिरोह पक्राउ

Banner

चितवन,भदौं ७-

चितवन राष्ट्रिय निकुञ्जले गैँडाको तस्करी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । निकुञ्जको नवलपरासीस्थित मर्दीघोल भन्ने ठाउँमा भाले वयस्क गैँडाको तस्करी गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मकवानपुरको वाग्मती गाउँपालिका वडा नम्बर ३ पाँचपाण्डवका ३५ वर्षीय नविन पौडेल भन्ने मेख बहादुर नेपाली, जाजरकोटको शिवालय गाउँपालिका–२ डुङ्ग्राका २७ वर्षीय विरबहादुर बस्नेत र चितवनको खैरहनी नगरपालिका–६ रिजालटोलका २५ वर्षीय आरोष उप्रेती रहेका छन् ।

उक्त घटनामा संलग्न आरोपमा कारागारमै रहेका भरतपुर महानगरपालिका २८ का जितवहादुर कुमाल र ३३ वर्षीय तारा चेपाङ यसअघि नै पक्राउ परेका थिए । उनीहरूलाई कारागारबाट झिकाएर अनुसन्धान थालिएको थियो । निकुञ्जले पाँचै जनालाई आज सार्वजनिक गरेको हो ।

गैँडा मारेर खाग धारिलो हतियारले काटेर विक्री वितरण गरेको यो घटनाका अझै १० जना प्रतिवादीहरू फरार रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए । पक्राउ परेका रणबहादुर भन्ने जित बहादुर कुमाल तथा फरार प्रतिवादीहरू रामबहादुर प्रजा र बमबहादुर प्रजाले गैँडा मारेर खाग काटी विरबहादुर बस्नेतलाई बेचेका थिए ।

खाग मेघबहादुर नेपालीले ५५ लाखमा विक्री गरी विरबहादुर नेपालीलाई ५० लाख दिएको र उनले अन्य प्रतिवादीहरूलाईसमेत पैसा बाडेको अनुसन्धानबाट खुलेको बरालको भनाइ छ । पक्राउ परेका र नियन्त्रण लिएका पाँचै जनालाई जिल्ला अदालत नवलपुरमा बुझाइने बरालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>