Breaking News
जापानबाट आज आइपुग्यो ५ लाख अस्ट्राजेनेका खोप
०

काठमाडौं, भदौ ७ – जापानले नेपाललाई उपलब्ध गराएको १६ लाख डोजमध्येको ५ लाख ५९ हजार ३६० डोज अस्ट्राजेनेका खोप आज नेपाल आइपुगेको छ ।
काठमाडौं विमानस्थलमा स्वास्थ्य मन्त्रालयका अधिकारीलाई जापानी र कोभ्यास अधिकारीहरुले खोप हस्तान्तरण गरेका थिए । अहिले आएको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई दिइने छ। बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्माले उक्त खोप प्रदेश १ र २ मा कोभिसिल्डको दोस्रो मात्राका रुपमा दिइने जानकारी दिए।
यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १३ लाख ५७ हजार ६० डोज एस्ट्राजेनेका खोप नेपाल आइसकेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























