Breaking News
८ महिनाकी छोरीसहित दम्पतीले गरे आत्महत्या
०

झापा , भदौं ७- झापाका एक दम्पतीले ८ महिनाकी छोरीसहित आत्महत्या गरेका छन् ।
झापाका एसपी सानुराम भट्टराईका अनुसार दम्पती कन्काई नगरपालिका–१ का ४० वर्षीय रविन विश्वकर्मा, पत्नी २९ वर्षीय मुना विक र ८ महिनाकी छोरी रुविनाले झुन्डिएर आत्महत्या गरेको बताए । घरभित्र चुकुल लगाएर छोरी र श्रीमती एउटा डोरीमा र रविन अर्को डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।’
छिमेकीका अनुसार रविनलाई केही दिनअघि कोरोना भाइरस संक्रमण भएको थियो । त्यस्तै पत्नी मुनालाई पनि संक्रमण पुष्टि भएको थियो । रविनले ‘विदेश पठाउँछु’ भनेर गाउँमा धेरै जनासँग पैसा लिएको र दिनहुँ पैसा माग्ने मान्छे घरमा आउन थालेपछि पारिवारिक तनाव सिर्जना भएको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























