चितवन विशेष

चितवन ट्राफिकद्वारा साउन महिनामा २५ लाख ७३ हजार राजस्व संकलन

Banner

चितवन,भदौं ७-

ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष २०७८/७९ को पहिलो महीना (साउन)मा २५ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार सबै प्रकारका सवारीसाधनको कारबाहीबाट १ महीना अवधिमा २५ लाख ७३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको हो । सो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ७५७ ओटा सवारीसाधनलाई कार्यालयले कारबाही गरेको थियो ।

साउनमा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्र्याक्टर कारबाहीमा परेका छन् । मोटरसाइकल कारबाहीबाट मात्रै ६ लाख ७३ हजार र ट्र्याक्टरको कारबाहीबाट १ लाख ३१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, कार/जीप/भ्यानको कारबाहीबाट ६ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले ट्रकरटिपरबाट ६ लाख ११ हजार, बसरमाइक्रो बसबाट २ लाख ९० हजार र टेम्पो तथा अन्य सवारीसाधनबाट २ लाख ८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले निषेधाज्ञा शुरू भएसँगै कारबाहीको संख्या र राजस्व संकलन पनि तुलनात्मक रूपमा उक्त महीना कम भएको बताए । ‘निषेधाज्ञाले सवारीसाधन जोरबिजोर प्रणालीमा चलेका छन्,’ उनले भने, ‘कारबाही र जरीवाना पनि कम भएको छ ।’

अधिकांश सवारीधनीले जरीवानाको रसिद काटेपछि समयमै बैंकमा जम्मा नगर्ने भएकाले राजस्व संकलनमा असर परेको थापाले बताए । सवारीसाधन कम चले पनि ट्राफिक चेकिङमा कडाइ गरिएकाले राजस्व संकलन सन्तोषजनक भएको थापाको भनाइ छ । साउनमा सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । कार्यालयका अनुसार सो अवधिमा २३ जना गम्भीर घाइते र ५२ जना साधारण घाइते भएका थिए । एक महीनाको अवधिमा ५१ ओटा दुर्घटना भएको थियो । यसबाट सवारीसाधनतर्फ ९६ लाख ६२ हजार रुपैयाँ बराबरको क्षति भएको ट्राफिक प्रहरीको अनुमान छ । आर्थिक अभियान दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>