Breaking News

वामदेव गौतम नेकपा एमालेमै 

Banner

काठमाडौं, भदौ ६ –

नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमै रहेको बताएका छन् ।

गौतमको सचिवालयले नेता गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको भन्ने सूचनाहरु बाहिरिएको बताउँदै त्यो सत्य नभएको बताएको छ ।

‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको  चरित्र हत्या गर्नुबाहेक केही होइन’ गौतमका स्वकीय सचिव दीपक टमटाले भनेका छन्, ‘क।वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले० को नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचार प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>