चितवन विशेष

प्रेस चौतारी चितवनद्वारा कल्याणकारी कोष स्थापना

Banner

चितवन,भदौं ६-

प्रेस चौतारी नेपाल जिल्ला शाखाको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गरी हरेक वर्ष पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । जिल्लाका क्रियाशील दुई पत्रकारलाई ‘जोखिम पत्रकारिता पुरस्कार’ प्रदान गरिने छ ।

शाखाको हालै सम्पन्न बैठकले ‘प्रेस चौतारी शैक्षिक प्रतिभा पुरस्कार’ प्रत्येक वर्ष दुई पत्रकारलाई वितरण गर्ने निर्णय समेत गरेको छ । पत्रकारिता विषयमा दश जोड दुई तथा स्नातक तहमा सबैभन्दा बढी अङ्क ल्याउने एक/एक जनालाई उक्त पुरस्कार प्रदान गरिने जिल्ला अध्यक्ष सुवास पण्डितले जानकारी दिनुभयो ।

बैठकले कल्याणकारी कोष कार्यविधि–२०७८ लाई सुझावसहित पारित गरेको छ । दाताबाट प्राप्त सहयोग र विभिन्न क्रियाकलाप गरी आर्जित रकमलाई कोषमा राखेर वृद्धि गर्दै लगिने उहाँको भनाइ छ । बैठकले पोल्ट्री विज्ञ डा तिलचन्द्र भट्टराई तथा प्रा डा शारदा थपलियाले स्थापना गर्नुभएको शारदा–तिलचन्द्र भट्टराई पत्रकारिकता पुरस्कार कार्यविधि–२०७८ लाई सुझावसहित पारित गरेको छ । बैठकले १५ सदस्यीय जिल्ला सचिवालय र सल्लाहकारसमेत चयन गरेको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>